दफा ९
पानी कर नलाग्ने पानी कर नलाग्ने
दफा ३ वा अन्य प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको धारामा पानी कर लाग्ने छैनः–
(क) … … …
(ख) नेपाल सरकारको अधिनस्थ घर, अड्डाखाना आदिमा जडान भएको,
(ग) सार्वजनिक शिक्षण संस्था, अस्पताल, पुस्तकालय, अनाथालय, धार्मिक संस्था मन्दिर, पाटी पौवा इत्यादिमा जडान भएको,
(घ) बाटो–घाटो वा पार्कमा सार्वजनिक हितको लागि रहेको,
(ङ) कसैले आफ्नो नाममा दर्ता भएको धारा आफूले उपयोग नगरी परोपकारी, वा सार्वजनिक हितका लागि कुनै धार्मिक वा सामाजिक संस्था वा बाटो–घाटोमा राखेमा त्यसरी राखेको अवधिसम्म त्यस्तो धाराको,
(च) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आंशिक वा पूर्ण रूपले पानी कर नलाग्ने भनी तोकिदिएको ।